यासोक । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा आगलागी हुदा पाँच पसल जलेर नष्ट भएका छन । शनिवार साँझ ७ः३० बजे स्थानीय झरेन्द्र खतिवडाको घरमा भएको आगलागी बाट घर सहित पाँच वटा पसल जलेर नष्ट भएको हो । आगलागीबाट करिव ८० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट खतिवडाको घरमा व्यवसाय गर्दै आएका याम बहादुर सार्कीको जुत्ता पसल, बिचारी नेपालीको टेलर्स, खगेन्द्र गर्तौलाको एग्रोभेट र सर्मिला लिम्बूको कस्मेटिक पसल जलेर नष्ट हुदा करिव ८० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
आगो साँझ जुत्ता पसलको कोठाबाट विद्युत सट भई लागेको थियो । आगलागी नियन्त्रण गर्न सदरमुकामबाट दुई वटा दमकल प्रयोग गरिएको थियो । प्रहरी र स्थानीयवासीको सकृयतामा आगो एक घण्टापछि नियन्त्रणमा ल्याएको पाँचथर प्रहरीले जनाएको छ ।
खतिवडाको तीन तले कच्ची घर जलेर नष्ट भएपछि उनि छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन । यसैबीच पीडित परिवारलाई आइतवार नेपाल रेडक्रश सोसाइटी पाँचथर शाखाले त्रिपाल र लत्ताकपडा समेत बितरण गरेको छ ।