घाँस काट्ने क्रममा रूखबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका  २ पुनरबासका ३५ वर्षीय उज्वल लुइँटेल रहेकाे इलाका प्रहरी कार्यलय चक्रघट्टि का प्रहरी निरीक्षक पांडव कुमार राजवंसीले बताएका छन् । 

उनका अनुसार बुधबार दिउँसो करिब डेढ बजे घाँस काट्न जंगलमा पुगेका उनी घाँसकाट्ने क्रममा रूखबाट लडेर मृत्यु भएकाे हाे । घटनाकाे सुचना पाएसंगै घटनास्थल पुगेकाे प्रहरी टाेलीले  शवको प्रकृति मुचुल्का गरी पोस्टमार्टमका लागि धरानस्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान ल्याइएकाे थियाे । 

मृतकको बिहिबार चतरास्थित आर्यघाटमा दाहसंस्कार गरिएको छिमेकी  अमर कटुवालले जानकारी दिए ।