विजयपुर/ कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट सङ्क्रमण दर तीव्र रूपमा वृद्धि भएपछि त्रिभुवन विश्वविद्यालयका वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षाहरू अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको छ ।

बिहीबार परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो । पनिकाको बैठकपछि सूचना जारी गर्दै स्थगित भएको जानकारी दिएको हो । शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने सञ्चालन हुने पनिकाले जनाएको छ ।

साथै लोक सेवा आयोगले पनि लिखित परीक्षाहरू माघ मसान्तसम्मका लागि स्थगित गरेको छ । आयोगको बिहीबारको बैठकले लिखित परीक्षाहरू माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।