उत्तरी क्यारोलिनाको ज्याक्सनभिल शहरमा रहेको मरीन कोर्प्स बेस क्याम्प लेजेउने नजिकै भएको एक रोलओभर दुर्घटनामा कम्तीमा दुई अमेरिकी मरीनको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन्। 

समुद्री सेना बोकेको ७ टन वजनको सैन्य ट्रकको १९ वर्षीय चालकले राजमार्गमा घुम्न खोज्दा नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ।

घाइते मध्ये दुई जनालाई साउथ क्यारोलिनाको ग्रीनभिल शहरको विडान्ट मेडिकल सेन्टरमा हेलिकप्टरद्वारा लगिएको मिडियाले जनाएको छ । अन्यलाई सडकबाट अस्पताल लगिएको बताइएको छ ।

चालकलाई सुरक्षित गति भन्दा बढी चलाएको आरोपमा कारबाहीको सिफारिस साथै प्रशासनिक अपराधको आरोप पनि लगाइएको छ। अहिले दुर्घटनाको विवरणबारे अनुसन्धान भइरहेको बताइएको छ ।