श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ ५ गते बुधबार, १९ जनवरी २०२२ । राक्षस संवत्सर माध कृष्णपक्षको प्रतिपदा तिथि ७ः१३ बजे सम्म, उप्रान्त द्वितिया नक्षत्र पुष्य ६ः५८ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः३४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आज रोकिएको काम बन्ने छ । जिम्मेवारी समेत बढ्नेछ । नयाँ स्रोतहरु फेला पर्नेछन् ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिगो फाइदा हुनेकाम प्रारम्भ हुनेछ । खोजीगर्दा आम्दानीका नयाँ स्रोतहरु फेला पर्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसरप्राप्त भएपनि विवादस्पद जिम्मेवारी वहन गर्नुपर्ला ।पुरानो हिसाव किताव सुल्झाउन समय लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वार्थका लागि साइनो गाँस्नेबहरुबाट सजग रहनुहोला । मिहिनेतले जीवन शैलीमा सुधार ल्याउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायमा धेरै फाइदा नभए पनि नियमित काम सम्पादन हुनेछ । राजनैतिक क्षेत्रबाट सफलता पाइनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शेयरको कारोबारबाट प्रसस्त लाभ मिल्नेछ । पारिवारिक मेलमिलापका साथै स्वादिष्ट भोजन प्राप्त हुनेछ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज वाक्पटुताद्धारा आफ्नो काम सफल बनाउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुनसक्छ । भोजभतेरमा सामेल भईनेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आँटेको ताकेको कामहरु विस्तारै सम्पादन हुदै जानेछन् । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पेट सम्बन्धी समस्याले सताउनसक्छ । तपाईको बहुमुल्य सामान पनि हराउन सक्छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सरकारी निकायबाट सहयोग प्राप्त हुनुका साथै वैदेशिक क्षेत्रबाट प्रसस्त लाभ मिल्नेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पदान हुनेछ । होटल व्यवसायबाट पनि प्रसस्त लाभ मिल्नेछ ।