श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ ४ गते मंगलबार, १८ जनवरी २०२२ । राक्षस संवत्सर पुष कृष्णपक्षको प्रतिपदा तिथि ७ः१३ बजे सम्म, उप्रान्त द्वितिया नक्षत्र पूष्य ६ः५८ बजेसम्म, उप्रान्त अश्लेषा , चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः३३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आज अतिथिका रूपमा सत्कार पाइएला । रोकिएको काम दोहो¥याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । वेसुरमा बचन दिनाले अप्ठ्यारो पार्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बुद्धिका उपयोग गर्दा जटिल ठानिएको काम सम्पादन हुन सक्छ । छोटो दुरीको यात्रा रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरू अघि बढ्नेछन् । व्यापार–व्यवसायमा मनग्ये फाइदा हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्मकर्म र सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक यात्राको योग पनि रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मङ्गल कार्यको योग छ । आँटेको र ताकेको कार्य पूरा हुनेछ । दिन राम्रो छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शेयर कारोबारबाट सोचेअनुरूप लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा रुचि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धर्म कर्म परोपकार समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बन्धुवान्धवबाट सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ ।