विजयपुर । महिला सञ्जाल धरान उपमहानगर समितिको भवनको शिलान्यास भएको छ । पुर्वअध्यक्ष तथा पदाधिकारीले १ लाखसम्म भवन निर्माण लागि दनिे घोषणा गरेका छन् ।

धरान–१३ स्थित वडा कार्यालय नजिकैको १० जग्गामा शिलान्यास भएको हो । सोमबार धरान उपमहानगरका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदीले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख राईले सञ्जालले महिलाहरुको हकहित र सामाजिक कार्य गर्दै महिलाहरुलाई सामाजिक र राजनीतिक रुपमा स्थापित गराउन सफल भएको बताए ।

उनले सञ्जालले अब कानुनी रुपमा वैधानिकता पाउनु पर्ने बताए । उनले भने, ‘हालसम्म सञ्जाल भावनात्म रुपमा सञ्चालन भएको र  उपमहानगरे पनि सोही रुपमा हेर्दै आएको थियो । सञ्जालको अव भौतिक सम्पति पनि हुने कानुनी हैसियन पनि बनाउनु पर्छ । वैधानिक नभएमा प्रश्न उठ्न सक्छ ।’ उनले जग्गा प्रत्योजन गर्नका लागि मन्त्रीस्तरीय निर्णय गर्नु पर्ने त्यसका लागि उपमहानगरले सहजीकरण गर्ने बताए ।

उपमहानगरकी प्रमुख मञ्जु भण्डारीले हाल उपमहानगरको बजेट विनियोजन भएइ सकेकाले तत्काल बजेटको व्यवस्थापन गर्न कठिनाइृ हुने बताइन् । उनले भनिन्, ‘रकामान्तर हसन सक्ने रहेछ भने सहयोग हुन्छ ।’ वडा नं.–१३ का अध्यक्ष नेत्र प्रसाद काफ्लेले भवन निर्माणका लागि ५ लाख रुपैयाँ बजेट पनि विनियोजन गर्ने बताए । उनले कानुनी बाधा अड्चन भए धरान उपमहानगरको नाममा भवन निर्माण गरी हस्तान्तरण गर्ने पनि बताए ।

कार्यक्रममा सञ्जालकी पुर्वअध्यक्ष शिला बज्रचार्यले १ लाख, अध्यक्ष श्रेङले ५१ हजार, उपाध्यक्ष यशोदा कायस्थले ५१ हजार र सचिव लहरु जिमीले पनि ५१ हजार भवन निर्माणको लागि सहयोग गर्ने घोषणा गरेका छन् । वडा कार्यालयको स्वामित्वका रहेको १० धुर जग्गामा सञ्जालको भवन निर्माण गर्न शिलान्यास गरिएको हो ।

उक्त जग्गामा सञ्जाललाई भवन निर्माण गर्न उपमहानगरले असोज २४ गते स्वीकृति प्रदान गरेको जनाइएको छ । सञ्जाल २०६६ सालमास्थापना भई विभिन्न समाजिक कार्य गर्दै आएको छ । तर, हालसम्म कार्यालय पनि छटैन । सञ्जालकी अध्यक्ष चेतना श्रेङले भवनको डिजाइन प्राविधिक किसोर अधिकारीले निःशुल्क तयार गरिदिएको बताइन् ।

उनले भवनको डिजाइन ३ तला र१ करोड ४९ लाखको स्टिमेट असोजमा निस्किएको बताइन् । भवन निर्माणको लागि सञ्जालकी बरिष्ठ उपाध्यक्ष सपना राईको संयोजकत्वमा भवन निर्माण उपभोक्ता समिति गठन भएको छ । अन्य सदस्यहरुमा सञ्जालका पदाधिकारीहरु रहेका छन् । पुर्वअध्यक्षहरुलाई पनि समेटेर आर्थिक समिति बनेको छ ।