धरान । धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलले कक्षा ११ का विद्यार्थीहरूबीच अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न खेलकुद कार्यक्रम गराएको छ ।

विद्यार्थीहरूबीच फुटसल प्रतियोगिता, थ्री बाइ थ्री बास्केटल प्रतियोगिता र वादविवाद प्रतियोगिता सम्पन्न गरेको हो । स्कुलमा आइतबार सम्पन्न वादविवाद प्रतियोगितामा सिया गुरुङ, आर्सिया नेपाली, निहाङ राई र सत्यता राईको समूह विजयी बन्यो । चारजनाको समूहमा रहेका उनीहरूमध्ये सियाले वेस्ट स्पिकरको टाइटल पनि जितिन् । चारजनाको एक समूह बनाई गरिएको प्रतियोगिताको फाइनलमा ‘धन ठूलो कि विद्या, विद्या ठूलो कि धन’ शीर्षकमा वादविवाद गराइएको स्कुलकी प्रिन्सिपल सन्जिता राई (शाही) ले बताइन् । 

lotas_dharan (2)

विजेता टोलीलाई ट्रफीसहित प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यस्तै फुटसल, थ्री बाइ थ्री बोइज र गल्र्स बास्केटबलका विजेताहरूलाई मेडल र प्रमाण–पत्र वितरण गरिएको प्रिन्सिपल राईले बताइन् । कार्यक्रममा प्रमुख अतिथि प्याब्सनका जिल्ला सल्लाहकार नरबहादुर थापा मगरले विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।