श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ २ गते आइतबार, १६ जनवरी २०२२ । राक्षस संवत्सर पुष शुक्लपक्षको चतुर्दशी तिथि ३ः४० बजे सम्म, उप्रान्त पूर्णिमा नक्षत्र आद्रा २ः२८ बजेसम्म, उप्रान्त पूनर्वसु , चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः३१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालीन फाइदा पुग्ने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज आफुलाई कमजोर भएको अनुभुति हुनेछ । स्वास्थ्यमा विशेष ध्यान दिनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तपाईको रोकिएको काम पुन सुघार हुनेछ । जग्गाजमिनको कारोबारमा राम्रै फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तर्क विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक कार्यमा सरिक हुने सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शत्रु र विपक्षी पराजित हुन सक्छने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्मकर्म परोपकार समाज सेवा जस्ता कार्यमा मनलाग्नेछ । मानसम्मान प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कामको योजना बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिन राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज वाक्पटुताद्धारा आफ्नो काम सफल बनाउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएको धन र व्यापार व्यवसायमा लाभ मिल्नेछ । यात्राको योग पनि रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ । छोटो दुरिको यात्रा होला ।