श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ १ गते शनिबार, १५ जनवरी २०२२ । राक्षस संवत्सर पुष शुक्लपक्षको त्रयोदशी तिथि १ः१९ बजेसम्म, उप्रान्त चतुर्दशी नक्षत्र मृगशिरा २३ः३९ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः३० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) परिश्रमको फल प्राप्त हुनुका साथै आय आर्जनका स्रोत बढ्नेछन् । व्यापारमा लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सानो प्रयत्नले ठुलो काम बन्ला । कामको सम्मानित स्थान दिलाउने रहेको देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) विचारले धेरैलाई आकर्षण गर्ने समय छ । आलोचकहरुलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विभिन्न अवसर प्राप्त भए पनि परिस्थिति सोचे जस्तो सहज नरहला । मानसिक तनाव बढ्न सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन्छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) तार्कीक क्षमता बढ्नेछ । मिहिनेतले लक्ष्यमा पुर्याउने देखिन्छ । दिन राम्रो छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) खर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ । अरुको करकापमा काम गर्नुपर्ने परिस्थिति हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अवसर र व्यवधानका बीचबाट कर्मफल हात पार्न सफल भइनेछ । अरुको विश्वास जित्न सकिनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मिहिनेत गर्दा कार्य सिद्धिको समय छ । साँझदेखि आयआर्जनका नयाँ स्रोतहरु फेला पर्नेछन् । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तको उपहारले प्रसन्नता मिल्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अस्वस्थ्यताले काममा बाधा पुग्न सक्छ । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनु पर्ला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानो प्रयासले धेरैको भलाई हुन सक्छ । रोकिएका काम सम्पादन हुनेछन् ।