मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधबार राती भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
मोरङको उर्लाबारी नगरपालिका-७ मा बुधवार राती पौने ८ बजे भेन र मोटरसाईकल एक आपसमा ठोक्कीई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
पुर्व पश्चिम राजमार्गमा पश्चिमवाट पूर्व तर्फ आउदै गरेको को १ च ३६४४ नम्बरको भेन र बिपरीत दिशा तर्फ जादै गरेको ना १३ प ७६३२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय पवन लिम्बुको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
यसैगरी सुनसरीको कोशी गाउँपालिका-३ को भित्री सडक खण्डमा ट्याक्टरको ट्रलीले किचेर १ जनाको मृत्यु छ । बुधवार साँझ ६ बजे उखु लोड गरी डोरीले बाध्ने क्रममा एक्कासी ट्याक्टरको ट्रली पल्टेर किच्दा स्थानीय ४० बर्षीय कुमार उरावको घटनास्थलमा नै मृत्यु भएको हो । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।