श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुष २९ गते विहिबार, १३ जनवरी २०२२ । राक्षस संवत्सर पुष शुक्लपक्षको एकादशी तिथि १९ः५२ बजे सम्म, उप्रान्त द्वादशी नक्षत्र कृतिका १७ः२३ बजेसम्म, उप्रान्त रोहिणी , चन्द्रमाराशि वृष, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः२९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) आज ठुला व्यक्तिले तपार्यका मेहनतको प्रसङ्ग गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वचन दिदा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिला सुस्ती हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लामो समयदेखि रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अकस्मात सफलता पाइन सक्छ दैनिक कार्यहरुमा प्रगति हुनेछ । मन शान्त रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज भाग्यमा वृद्धि हुनेछ । सन्तान सुखको योग रहेको छ । दिन राम्रो रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मनमा हर्ष उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापारमा लाभ मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला । अनावश्यक धन खर्च हुदा मानसिक चिन्ता बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका कामहरु बन्दै जानेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सानो प्रयत्नले ठुलो काम बन्ला । कामको सम्मानित स्थान दिलाउने देखिन्छ ।