तेह्रथुम । फेदाप गाउँपालिका वडा नं १ सिम्लेमा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । सिम्ले स्थीत भोगटेनी गाउँ बस्ने बस्ने वर्ष ५५ का लैन बहादुर कुरुङवाङ लिम्बुको मृत्यु भएको हो ।
चार दिन अगाडी घर वनाउने काममा लाम्थुङवा गएका लिम्बु घर फर्कने क्रममा भोगटेनी नजिक रहेको कालिदह भिरमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक निशान्त थापाले बताए ।
बुधबार विहान अबेरसम्म लिम्बु घर नआएपछि परिवार र छिमेकीले खोजतलास गर्दा लिम्बुलाई मृत अवस्थामा फेला पारेको स्थानीय शिव कुरुङवाङले बताए ।
घट्नाको प्रारम्भिक अनुसन्धान पुरा गरेपछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याईरहेको प्रहरीले जनाएको छ ।