श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुष २८ गते बुधबार, १२ जनवरी २०२२ । राक्षस संवत्सर पुष शुक्लपक्षको दशमी तिथि १७ः०७ बजेसम्म, उप्रान्त एकादशी नक्षत्र भरणी १४ः१४ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः२८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) आज भाग्यता वृद्धि हुनेछ । सन्तान सुखको योग छ । नयाँ शुभ समाचार सुन्न पाइनेछ ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मनमाहर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार र व्यवसाय फस्ट्याउनेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सरुवा र बढुवाको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै कार्यको योजना बन्नेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्ने देखिन्छ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अकस्मात् सफलता पाइन सक्छ तर अपमानको सम्भावना पनि रहने देखिन्छ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) शैक्षिक क्षेत्रमा राम्रै रहनेछ । दैनिक कार्यहरुमा प्रगति हुनेछ । मन शान्त रहनेछ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कार्यको अवसर मिल्नेछ । धर्म, कर्म, परोपकार समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काम देखाएर अरुको मन लोभ्याउन सकिनेछ । दाइभाइ वा मित्रबाट विशेष सहयोग मिल्न सक्छ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आजलामो समयदेखि रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) बचन दिँदा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा दिला सुस्ती हुने रहेको देखिन्छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ ।