श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुष २७ गते मङ्गलबार, ११ जनवरी २०२२ । राक्षस संवत्सर पुष शुक्लपक्षको नवमी तिथि १४ः३८ बजे सम्म, उप्रान्त दशमी नक्षत्र अश्विनी ११ः२३ बजेसम्म, उप्रान्त भरणी , चन्द्रमाराशि मेष, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः२७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आज ठुला व्यक्तिले तपाईका मेहनतको प्रसङ्ग गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरुपत्ता लाग्नेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विद्या र वृद्धिमा भने ह्रास आउन सक्छ । व्यापार व्यवसायमा मन्दी आउने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बचन दिदा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्त हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चोटपटकको भय रहनेछ । साझतिर कार्यहरु सम्पादन हुन सक्नेछ । दिन सामान्य रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायी काममा राम्रै फड्को मार्न सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम देखाएर अरुको मन लोभ्याउन सकिनेछ । दाइभाइ वा मित्रबाट विशेष सहयोग मिल्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नयाँ कार्यको अवसर मिल्नेछ । धर्म, कर्म, परोपकार समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अकस्मात सफलता पाइन सक्छ तर अपमानको सम्भावना पनि रहने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शैक्षिक क्षेत्रबाट राम्रै रहनेछ । दैनिक कार्यहरुमा प्रगति हुनेछ । मन शान्त रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कतै धुम्न जाने योजना वन्न सक्छ । प्राविधिक कायममा सफलता मिल्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ ।