श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुष २६ गते सोमबार, १० जनवरी २०२२ । राक्षस संवत्सर पुष शुक्लपक्षको अष्टमी तिथि १२ः४० बजे सम्म, उप्रान्त नवमी नक्षत्र रेवती ९ः०२ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः२६ बजे हुनेछ । मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) कुनै समाचरले मनमा शान्ति छाउनेछ । शुभकार्यको पनि चर्चा चल्ने देखिन्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) होटलको व्यापार व्यवसायबाट मनग्ये लाभ होला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । दिन रामो छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शेयरमा लगानी गर्दा पछिका लागि मनग्ये लाभ हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साना प्रेममा समझादरी बढेर जानेछ भने परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार हुनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कारखान र बन्द व्यापारमा राम्रै हुनेछ । दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधन खरिद बिक्री हुने योग छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । दिन राम्रो छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मनमा हर्ष उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार फस्टाउने छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज भाग्यमा वृद्धि हुनेछ । सन्तान सुखको योग रहेको छ । मन शान्त रहने छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।