प्रेस चौतारी नेपाल खोटाङका अध्यक्षमा सीताराम राई ‘सञ्जीव’ चयन भएका छन् । दिक्तेलस्थित शुभदिन होटलमा शनिबार सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । 

पन्ध्र सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्षमा राजन ठटाल, महिला उपाध्यक्षमा अस्मिता दाहाल, सचिवमा दिवस रिजाल, सहसचिवमा खेमराज पुरी र प्रेम श्रेष्ठ तथा कोषाध्यक्षमा सन्तोष पौडेल चयन भएका छन् ।

समितिको सदस्यमा मनोज आचार्य, मिलन आचार्य, दीपेश श्रेष्ठ, योगिन राई, जीवन मगर, चिरञ्जिवी रिजाल, रोशन राई र उमेश भुजेज रहेका छन् । पाँच सदस्यीय सल्लाहकार समितिमा दमन राई, हरिवोल आचार्य, लोकमणि रिजाल, बद्री आचार्य र टिवन राई रहेका छन् ।

प्रदेश र केन्द्रीय प्रतिनिधि जिल्ला कार्यसमितिको पहिलो बैठकले चयन गर्ने नवनिर्वाचित सचिव रिजालले जानकारी दिए । 

अधिवेशन उद्घाटन समारोहमा सहभागी वक्ताहरूले पत्रकार विभिन्न पार्टी तथा सङ्गठनमा आवद्ध भए पनि पेशागत धर्ममा निष्पक्ष हुनुपर्नेमा जोड दिएका  थिए । उनहरुले पत्रकारले राजनीतिक आस्थाका आधारमा पक्षविपक्ष नहेरी यथार्थपरक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड समेत दिएका थिए ।