पाँचथरको फालेलुङ गाउँपालिका ७ फर्तिमा टोल का ३५ बर्षीय राज कुमार तामाङको भिरबाट लडेर मृत्यु भएको छ ।
शुक्रबार बेलुका ५ बजे आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाईते भएका तामाङको उपचारको लागी जिल्ला अस्पताल पाँचथर फिदिम तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकाे छ ।
कार्यालयका अनुसार घटनाको थप अनुसन्धान भइरहेकाे छ ।