वराहक्षेत्र । राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्गको अन्तर्गत धरानको सर्दुदेखि वराहक्षेत्र नगरपालिकाको वार्ड नं १ खारखोला स्थित झण्डा चौक सम्म बन्ने सडकको सुनसरी क्षेत्र नं १ बाट संघीय सांसद जय कुमार राइले अनुगमन गरेका छन् । सांसद राईले बिहिबार अनुगमन गरेका हुन् ।
राईले झंडा चौकदेखि बाघखोला र बगुवा खोलाको निरीक्षण गरेका थिए । अनुगमन पछि पत्रकारहरु संग कुरा गर्दै सांसद राईले मोरङ्गको बुढी खोला सम्म बन्ने सडक अन्तर्गत समस्याको रुपमा रहेको वराहक्षेत्र नपाको वार्ड नं १ स्थित बाघखोला र बगुवाखोला र सर्दुमा पक्की पुल बनाईने बताएका छन् ।
बगुवाको स्थित पुल भने हाल संचालनमा धरान चतरा सडकबाट करिब ५ सय मीटर जंगल भित्र धर्मद्वार भन्ने स्थानमा बनाईने उनले बताए ।
आयोजनाले गरेको सर्वेक्षणमा खोलामा कजवे बनाईने भनिएपनि खोलामा कजवे सम्भव नभएकोले पुल नै बनाउनु पर्नेमा आफ्नो अडान रहेको हुँदा आयोजना निर्देशक अशोक तिवारी सहितको समुहसंग प्रत्यक्ष खोलामा गएर अनुगमन गरिएको राईले बताए ।
उनले सर्दुदेखि झंडा चौकसम्म करिव ८ किलोमीटर सडकमा रहेको छरिएर खोलालाई डाइभर्ट गर्ने वा एकिकृत गरि एक अथवा २ वटा पुल बनाउन आफुले लविंग गरेको बताए ।
आयोजनाले खोलामा बन्ने पुलको विषयमा वन विभागले समस्या खडा गर्ने समस्यालाई सांसदले जिम्मा लिन गरेको आग्रह अनुसार, वन र सरकार संग कुरा गरिने भन्दै राईले चतरा बासीले भोग्दै आएको सडकमा खोलाको समस्याबाट मुक्त हुने बताए ।
अनुगमनमन राजमार्गको चतरा झापाको पोजेक्ट म्यानेजर सुवोध देवकोटा, नपाको वार्ड नं १ अध्यक्ष सुरेश श्रेष्ठ, नेका वार्ड नं १ सभापति ईश्वर थापा, नेकपा एमाले वार्ड नं १ अध्यक्ष कृष्ण कट्टेल, २ को अध्यक्ष जितेन्द्र राई, तोरीबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष डम्बरप्रसाद सिग्देल र वराहक्षेत्र १ र २ रेडक्रस सभापति ओम कुमार शर्मा र नेकाको क्षेत्र नं १ ब्लक ‘ख’प्रदेश प्रतिनिधि सन्तोष श्रेष्ठ लगायतको उपस्थित रहेका थिए ।
महेन्द्र राजमार्गको विकल्पको रुपमा रहेको मदन भण्डारी राजमार्ग, झापाको शान्तीनगर देखि डडेलधुराको रुपमाल सम्म करिव १२ सय किलोमीटर चुरे तथा भित्री मधेश जोड्ने राजमार्ग निर्माणको लागि तत्कालिन केपीओली सरकारले आर्थिक बर्ष २०७५÷०७६ को बजेटमा परियोजनाका लागि ४ अर्व ५० करोड बजेट विनियोजन गरेको थियो ।
































