श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुष २४ गते शनिबार, ८ जनवरी २०२२ । राक्षस संवत्सर पुष शुक्लपक्षको षष्ठी तिथि १०ः५९ बजे सम्म, उप्रान्त सप्तमी नक्षत्र उत्तरभाद्र ७ः२३ बजेसम्म, उप्रान्त रेवती , चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः२३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । सहयोगीको साथ पाइनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वस्त्र आभुषणको व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ । अकस्मात धन प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । सोचेअनुरुप कार्य सम्पादन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेको कामलाई निरन्तरता दिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा निम्त्याउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । बहुमुल्य सामान हराउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । नसोचेको स्थानबाट धन लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम सम्बन्धमा सफलता पाइनेछ । लामो दुरिको यात्रा सुखद रहनेछ । दिन राम्रो छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पेट सम्बन्धी समस्याले सताउन सक्छ । पारिवारिक समस्या बढ्न सक्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफुले गरेका कार्यमा आत्मसन्तुष्टि प्राप्त होला । मान सम्मान प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सवारी साधन खरिद बिक्री गर्ने योग छ । मिष्ठान्न भोजनप्राप्त हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राजनैतिक क्षेत्रमा सफलता पाइनेछ । ठुलो कारोबारमा लगानी गर्दा उचित हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेका कमजोरी सुघार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।