सुनसरी । इटहरी उपमहानगरपालिका-२० स्थित पानीपिया जङ्गलमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा संखुवासभाको खाँदबारी नगरपालिका-७ का २६ बर्षीय सन्तोष राई र सोही स्थानका २० बर्षीय अभि राई रहेका छन् ।
बिहीबार राती साढे ७ बजे धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ख ८१९६ नम्बरको बसले बिपरीत दिशातर्फ जाँदै गरेको को. २७ प २१९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुबै जना घाईते भएका थिए ।
घाईते भएका मोटरसाईकल चालक सन्तोष राई र पछाडि सवार अभि राईलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालक इटहरी-४ का टिकाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।