श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुस १७ गते शनिबार, १ जनवरी २०२२ । राक्षसनाम संवत्सर, पुष कृष्णपक्षको त्रयोदशी तिथि ०७ः३० बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र ज्येष्ठा १९ः२८ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः२० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समयमा होस नपुग्नाले अनायासै व्यवधान देखापर्न सक्छ । आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । मध्यान्हदेखि रोकिएका काम बन्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायबाट प्रशस्त धनलाभ हुनेछ । सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ । तर, अतिथिको आगमनले केही समय काम रोकिन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ । अध्ययन–अध्यापन कमै रुचि होला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा पछिसम्मका लागि लाभ हुने काम गर्न सकिनेछ । सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्त तथा साथीभाइसँग भेटघाट हुनेछ । मन प्रसन्न रहने समय रहेको छ  ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कामको योजना बन्नेछ । प्रतिष्ठित काम गरेर राम्रो अवसर हात पार्ने समय देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । आफन्तले पूर्णरूपमा सहयोग गर्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साहित्य एवम् सङ्गीतमा रुचि बढ्नेछ । अरूलाई प्रभावित पारेमा काम बन्ने देखिन्छ  ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दैनिक कार्यमा प्रगति हुनेछ । नजिकको व्यक्तिबाट कार्य पूरा हुनेछ । दिन राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
श्रमको उचित मूल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मन शान्त रहला ।