धरान । गुरुङ (तमु) जातिको महान् चाड तमु ल्होसारको अवसरमा धरान नगरका प्रमुख तिलक राईले शुभकामना व्यक्त गरेका छन् ।
बुधबार नगर प्रमुखले शुभकामना सन्देश जारी गर्दै गुरुङ समुदायसहित नगरवासी दिदीबहिनी, तथा दाजुभाइमा सुखशान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् । आजबाट गाई वर्ग पूरा भई बाघ वर्गमा प्रवेश गरेको छ । बाघलाई तमु भाषामा तो भनिन्छ ।
तमु जातिले एउटा वर्गको चक्र पूरा भएपछि आउने अर्को चक्रलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । नेपालमा चार जातिले छुट्टाछुट्टै ल्होसार मनाउने गरेका छन् । तमु, तामाङ, शेर्पा र मगरले ल्होसार मनाउने गर्दछन् । नेपाल १२३ भाषाभाषी र १२५ जातजाति रहेको देश हो । यही विविधतायुक्त भएकै कारण नेपाल विश्वमै अलग पहिचान बनाउन सफल छ ।