धरान । बाक्लो हुस्सुका कारण झापाको बाह्रदशी गाउँपालिका ३ को भित्रीसडकमा बस र मारुती भेन एकआपसमा ठक्कर खाँद्या एकजनाको ज्यान गएको छ । 

प्रदेश १–०१–००१ ख् ३५२४ नम्बरको बस र मे १ च २२२६ नम्बरको मारुती भेन ठक्कर खादा भेन चालक बाह्रदशी–१ क ३४ वर्षीय चन्द्रदेव उप्रेतीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते बनेका उनको अस्पताल पु¥याउन साथ मृत घोषित गरिएको थियो । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीका अनुसार ठक्करबाट अन्य चारजना घाइते बनेका छन् । घाइते हुनेमा भेनमा सवार सोही ठाउँका २२ वर्षीया रन्जिता निरौला, ५५ वर्षीया कुमारी निरौला, कचनकवल गाउँपालिका–३ का १७ वर्षीय विशाल पौडेल र भारत सिलाङ बस्ने ४५ वर्षीया गीता घिमिरे छन् ।

उनीहरू सामान्य घाइते बनेको जनाइएको छ । घाइतेहरूको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधनलाई इलाका प्रहरी कार्यालय राजगडले नियन्त्रणमा लिएको छ । त्यस्तै बसका चालक बाह्रदशी–६ का ३५ वर्षीय हर्क विकलाई पनि पक्राउ गरिएको छ ।