धरान । निर्देशक सम्राट बस्नेतले ‘लाखे’ नामक फिल्म निर्माण गर्ने भएका छन् । 

मल्टिस्टार कलाकार लिएर फिल्म बनाउन लागेका हुन् । फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापालगायतका कलाकार फाइनल गरिएको छ । फल्मका लागि अझै केही कलाकार छनोट गरिने भएको छ । 

बाँकी कलाकार अडिसनमार्फत् छनोट गरिन लागिएको छ । निर्देशक बस्नेतका अनुसार फिल्मका लागि १८ देखि २४ वर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बालकलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिने छ ।

नेवारी संस्कृतिमा लाखेको विशेष महत्त्व रहेको छ । यही संस्कृतिलाई आधार मानेर फिल्म निर्माण गर्न लागिएको हो ।