झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा  कनकाई नगरपालिका ६ का ६० वर्षीय कविराज बोहरा रहेका इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएकाे छ ।

कार्यालयका अनुसार बुधबार  दिउसो २ बजे नगरपालिका ३ पवित्रा पेट्रोल पम्प स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको मे १ ज १४०५ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट घाइते भएका बोहराको बिएण्डी अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको उक्त कार्यालयले जनाएकाे छ। सो दुर्घटनाबाट बोलेरोमा सवार ४ जना यात्री समेत घाइते भएका छन् घाईतेहरुको बिर्तामोडको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बोलेरो र चालक इलाम देउमाई नगरपालिका १ का २७ वर्षीय निमेश गुरुङ  कार्यालयकाे नियन्त्रणमा रहेको जनाकाे छ ।