धरान । धरान–६ का टेम्पो व्यवसायीहरूको संस्था सेरा कम्पनी प्रालिले पानबारीका दुई विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरेको छ ।

पानबारीको सरस्वती मावि र रणदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई कपडा वितरण गरिएको हो । प्रालिका अध्यक्ष सुरेन्द्र कुँवरका अनुसार सरस्वतीका ७१ ज्ना र रणदेवीका ३० जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको हो । 

देउसीभैलोबाट संकलित रकममा थप सहयोग जुटाएर विद्यार्थीहरूलाई स्वेटर प्रदान गरिएको हो । प्रालिका अध्यक्ष कुँवरले १० थान, सहसचिव सुमन दाहालले १० थान, लोकेन्द्र पौडेलले २० सथान र अशोक तामाङले ११ थान स्वेटर अतिरिक्त सहयोग गरेका थिए । प्रालिमा ४४ जना टेम्पो व्यवसायी आवद्ध छन् ।