धरान / एक समयको चर्चित गीत ‘तिमी तारे भीर’को अडियो तथा भिडियो नयाँ स्वरुपमा सार्वजनिक भएको छ । 

३२ वर्ष पहिला पवित्र सुब्बाको स्वरमा रहेको यो गीत गायक रेवत राईको स्वरमा सार्वजनिक भएको हो । मेल भर्सनको भिडियोमा दयाहाङ राई र मिरुना मगरले अभिनय गरेका छन् । भिडियो किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् भने छायाँकन भुपेन्द्र तुम्बाहाङ्फे र सम्पादन अनिल रानाले गरेका छन् । 

श्रवण मुकारुङको शब्द र शान्तिराम राईको सङ्गीत रहेको यो गीतको पुरानो भिडियोमा गायिका पवित्र सुब्बा र रमेश सिङ्गकले अभिनय गरेका थिए । भिडियोको निर्देशन कला सुब्बाले गरेकी थिईन् ।