धनकुटा । तामाङ पत्रकार संघ १ नम्बर प्रदेश समितिको आइतबार धनकुटाको हिलेमा सम्पन्न दोश्रो प्रदेशसभा तथा अधिवेशनले भोजपुरको दिङ्गलामा रहेर पत्रकारिता गरिरहेका मोहन तामाङलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

धनकुटाको हिलेमा सम्पन्न संघको १ दिने प्रदेश सभा तथा भेलाको वन्दसत्रले तामाङ पत्रकार संघको महिला उपाध्यक्षमा दिलकुमारी तामाङ (पाँस्थर), खुल्ला उपाध्यक्षमा मकर तामाङ (भोजपुर), सचिवमा अमित तामाङ (उदयपुर), सह–सचिवमा जेवी लामा (सुनसरी) र कोषाध्यक्षमा रेनुका तामाङ (धनकुटा)लाई चयन गरिएको छ ।

१ नम्बर प्रदेशको विभिन्न जिल्लाबाट सहभागी भएका प्रतिनिधिहरु मध्येबाट सदस्यहरुमा जनु तामाङ (धनकुटा), पाल्देन लामा (तेह्रथुम), अमिस तामाङ (संखुवासभा), शारादा तामाङ (भोजपुर), तिलक तामाङ (झापा), अनुप योञ्जन (मोरङ) र सनम तामाङ (सुनसरी) लाई चयन गरिएको छ ।

तामाङ पत्रकार संघ १ नम्बर प्रदेश समितिका अध्यक्ष सन्तवीर मोक्तान तामाङको अध्यक्षतमा सम्पन्न संघको उद्घाटन सत्र धनकुटा नगरपालिकाका प्रमुख चिन्तन थिङ तामाङको प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियो ।  

संघको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख अतिथि तामाङले तामाङ पत्रकार संघ वि.सं.२०६१ सालमा स्थापना भएर पत्रकारिता जस्तो सशक्त र महत्वपुर्ण क्षेत्रमा तामाङका छोराछोरीहरु अगाडी बढ्नु पाउनु खुशिको कुरा भएको बताए ।

तामाङले आफूले पनि घेदुङमा वसेर लामो समयसम्म काम गरेको तर पत्रकारिता क्षेत्रलाई त्यति ध्यान नदिएको अवस्था थियो तर, पछिल्लो समयमा तामाङहरु पत्रकारितामा संगठित भएर अघि वढ्ने जुन वातरवरण तामाङ पत्रकार संघले ग¥यो त्यो आफैमा मुलुकका लागि सकरात्मक पक्ष भएको बताए ।

उनले तामाङ पत्रकारहरुलाई मिसन पत्रकारिता गर्न सुझावसमेत दिए । उनले पत्रकारिताको माध्यामबाट सवै हिसावले पछि परेका समुदायको हकअधिकार स्थापित गर्न सक्नु पर्नेमा पनि जोड दिएका थिए ।   

सो अवसरमा वोल्दै कार्यक्रमका विशेष अतिथि आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिका महासचिव विदुर खवासले आदिवासी जनजाति पत्रकारहरुले पहिचानवादी पत्रकारिता गरिहँदा पत्रकारिताको धर्मलाई पनि ख्याल गर्न आग्रह गरे । उनले आदिवासी जनजातिहरु आफ्नो पेशा प्रति इमान्दार भएर काम गर्न सके समावेशी मिडिया र पत्रकारिताको क्षेत्रमा धेरै काम गर्न सकिने दावी गरे ।

सो अवसर वोल्दै धनकुटा नगरपालिका वडा नं.१ बा वडाध्यक्ष निरन तितुङ तामाङले इतिहासमा धेरै ठगिएको जाति भित्र तामाङ जाति रहेको भएपनि अहिले चेतनाको हिसाबले त्यस्तो नरहेको बताए । तामाङहरु अघि वढाउनको लागी तामाङ पत्रकार संघ एउटा प्लेट फर्म भएको अध्यक्ष तामाङले सहभागी तामाङ पत्रकारहरुलाई सुझाए ।

सो अवसरमा तामाङ पत्रकार स.घका केन्द्रिय सदस्यद्धय विश्राज तामाङ, मानवी मोक्तान, नेपाल तामाङ घेदुङका संघिय समिति सदस्य लालचन्द्र  गोङवा तामाङ, जिल्ला घेदुङका अध्यक्ष विष्णु मोक्तान, महिला घेदुङका अध्यक्ष पेमा लामा, फोनिज प्रदेश नं.१ का सदस्य विना तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन प्रदेश सचिव मकर तामाङले गरेका थिए ।