झापामा टेम्पूको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । 

जिल्लाको मेचिनगर गनपालिका  ६ फाईरिङ चोकमा टेम्पुको ठक्कर दिदा  स्थानिय ५१ बर्षीय चन्द्र प्रसाद अधिकारीको मृत्यु भएको  इलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।

कार्यालयका अनुसार आइतबार बेलुका ६ बजे पुर्ब तर्फ आउदै गरेको मे १ ह ६४५० नम्बरको टेम्पूले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका अधिकारीको बिएण्डसी अस्पतालमा उपचारकाक्रममा रातिनै मृत्यु भएको हो ।

दुर्घटनापछि  टेम्पू र चालक झापा मेचीनगर नगरपालिका ६ नकलबन्दा का ३२ बर्षीय सुरेन्द्र राजबंशी नियन्त्रणमा लिइ  थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।