मोरङ । बुढिगंगा गाउँपालिका ४ स्थित बागमती मोलडिङ्ग ईन्ड्रेष्ट्रि प्रा.लि. मा काम गर्ने मजदुर सोही स्थानका ४४ बर्षीय कलरु कुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ ।

आइतबार बेलुका ५ बजे उनि हात खुट्टा धुन भनि सोही फ्याक्ट्रीमा जडान भएको कलको मटर चलाउँदा अचानक करेन्ट लागि गम्भिर घाइते भई उपचारका लागि बिराट मेडिकल कलेज गंगाचौक लगिएको थिए ।

घाइते खवासको उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।