मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा कार्यरत बालबालिका सहजकर्ता र विद्यालय कर्मचारीको माग सम्बोधन नेकपा एमाले मिक्लाजुङले मिक्लाजुङ गाउँपालिकालाई ध्यानाकर्षण गराएको छ । आइतबार नेकपा एमाले मिक्लाजुङ गाउँ कमिटीको संयोजनमा गएको डेलिगेसनले टोलीले बाल विकाश सहजकर्ता र विद्यालय कर्मचारीको माग पुरा गर्न दबाब दिएको नेकपा एमाले मिक्लाजुङका सचिव नविन कार्कीले बताए ।

डेलिगेसन टोली राखेका मगहरू प्रति मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले नेतृत्वले बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरूको माग पुरा गर्न निर्देशन दिए पुरा गर्न सकिने बताए । यो सँगै बाल विकाश सहजकर्ता विद्यालय कर्मचारीहरूको माग समाधान तर्फ उन्मुख हुने देखिएको छ  । 

 डेलिगेसन टोलीलाई मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले  बाल विकाश सहजकर्ता र विद्यालय कर्मचारीको माग प्रति मिक्लाजुङ गाउँपालिका गम्भीर भएको बताउँदै आन्दोलनरत पक्षसँग वार्ता गरी समाधानको प्रयास गरिने  बताए ।

नेकपा एमाले मिक्लाजुङको डेलिगेसनमा नेकपा एमालेका मिक्लाजुङ उपसचिव चन्द्र लिम्बु, सचिव नविक कार्की, उपाध्यक्ष बुद्धीलाल निरौला, अध्यक्ष बुद्धीमान लिम्बु, नेकपा एमाले मोरङ जिल्ला सदस्य नरेन्द्र प्रसाद ढुङ्गेल, नेकपा एमाले प्रदेश कमिटी सदस्य रामकृष्ण राईले बाल विकाश सहजकर्ता र विद्यालय कर्मचारीका मागहरू गाउँपालिकाले पुरा गर्नु पर्ने बताए । 

 गत कार्तिक १७ गते बाट चरण बद्ध आन्दोलनमा उत्रिएका बाल विकाश सहजकर्ता र विद्यालय कर्मचारीहरूले आइतबार बिहान १० बजे देखी ११ बजे सम्म मिक्लाजुङ गाउँपालिको कार्यालय परिसरमा माग पुरा गर्न भन्दै धर्ना दिएका  थिए । यो सँगै उनिहरूको आन्दोलन तत्काललाई स्थगित भएको छ । 

भोलि सोमबार मिक्लाजुङ  गाउँपालिका र आन्दोलनरत पक्ष बिच मिक्लाजुङ गाउँपालिका वार्ता हुने बताइएको छ ।