शौच गर्न जाने भनेर हिँडेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । 

गत कात्तिक २९ गते  जिल्ला अस्पताल उदयपुरमा उपचार गरि घर लिएर आउने क्रममा शौचालय जान भनेर गाडीबाट ओर्लिए सम्पर्क विहीन भएका राई शनिबार सोही गाउँपालिकाको आँपटार घुम्ने भन्ने ठाउँमा मृत फेला परेका हुन् ।

मृत राईको शव हराएको स्थानबाट दुई घण्टाको दुरीमा  भरमा फेला परेको  गाउँपालिका–४ बतासेका वडाध्यक्ष राजदेश राईले बताएका छन् । मृतक राईको शव पोस्टमार्टमकालागि  जिल्ला अस्पताल उदयपुर लगिएकोप्रहरीले जनाएको छ । 

कात्तिक २८  बारीको कान्लाबाट लड्दा अनुहार र टाउको गम्भिर चाेट लागेका ले उनले मानसिक सन्तुलन समेत गुमाएका थिए ।  राईको उपचारकाे क्रममा अस्पतालबाटै हराएपछि गाईघाटको शिवालय टोलमा भेटिएका थिए । पुनः उपचारमा लैजान खोज्दा ‘ठिकै छु, घर जान्छु’ भनेपछि उनलाई गाडीमा घर फर्काइएको परिवारले जनाएको छ ।