धरान । धरान उपमहानगरपालिका–७ शान्तिपथ लाइनमा ‘युमा ब्युटीपार्लर’ सञ्चालनमा आएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच गायक एपी शेर्पाले पार्लरको उद्घाटन गरेका हुन् । ब्युटीसियन माया राईले सञ्चालनमा ल्याएको पार्लरको गायक शेर्पाले रिबन काटेर उद्घाटन गरेका हुन् ।

पार्लरमा फेसियल, क्लिन्जिङ, मेकअपलगायतका ब्युटीपार्लरका सेवासँगै पार्लरसम्बन्धी तालिमसमेत प्रदान गरिने सञ्चालक कुमार सुब्बाले जानकारी दिए । पार्लर २ लाख ५० हजारको लगानीमा सुरु भएको उनले जानकारी दिए ।