नेत्र विक्रम चन्द विप्लव नेतृत्वमा नेकपा माओवादीले  आह्वान गनेको नेपाल बन्दको प्रभाव धरान लगायत पूर्वी सहरहरूमा पनि परेको छ । 

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा  आह्वान  गरेको बन्दका कारण   टेम्पु, सफारी र मोटरसाइकल बाहेकका  धरानबाट चल्ने लामो दुरीको सवारी साधनहरू चलेका छैनन् । बजारका क्षेत्रका पसलहरू अन्य दिनको थाेरै मात्र खुलेका छन्रभने शैक्षिक संस्थाहरू पनि बन्द रहेका छन् । 

बन्दको प्रभाव  झापामा पनि

 पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव झापामा पनि परेको छ ।

 बन्दका कारण झापाको मुख्य सडकमा यातायात खासै चलेका छैनन् । बिर्तामोड, दमक, भद्रपुर, काँकडभिट्टालगायतका सहरहरू सुनसान देखिएका छन् । सार्वजनिक यातायात नचले पनि निजी सवारी साधनहरू सडकमा गुडेको देखिन्छ ।

बिहानीपख केही बन्धकर्ताहरू सडकमा देखिए पनि त्यसपछि नदेखिएको प्रहरीले जनाएको छ । बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बन्द सफल बनाउन भन्दै सो सङ्गठनले सोमबार बेलुका मसाल जुलुस प्रदर्शन गरेको थियो ।