आज बिहानैदेखि प्रदेश १ मा एनसेलकाे नेटवर्कमा समस्या आएको छ । सुनसरीको दुहबीमा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि आज बिहानैदेखि एनसेल प्रयोगकर्ताहरूले सास्ती खेप्नु परेको छ । 

बिहानैबाट फोन नलाग्ने, आफै काटिने जस्ता समस्याहरू देखिएका छन् । एनसेलका एक प्रतिनिधिका अनुसार दुहबीमा केही समय अघि डुबानमा परेको स्थानमा समस्या आएको हो । मर्मतपछि दिउसो ३ बजे देखी केही समय चलेको भए पनि पुनः नेटवर्क आउने जाने समस्या देखिएको छ ।   

उनका अनुसार अहिले फाइबर मर्मतको काम भइरहेको छ । ‘मर्मतको काम भइरहेको छ, केही बेरपछि समस्या हट्छ’, उनले भने ।