श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल कार्तिक २५ गते विहिबार, ११ नोभेम्बर २०२१ । राक्षस संवत्सर कार्तिक शुक्लपक्षको सप्तमी तिथि १२ः१० बजे सम्म, उप्रान्त अष्टमी नक्षत्र श्रवण २०ः४२ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः२२ र सूर्यास्त ५ः१९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिश्रम गर्दा धनार्जन हुनेछ । मङ्गल र शुभकार्यमा सरिक भइनेछ । दिन राम्रो रहेको छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफन्तका वीचमा खटपट चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागी संघर्ष गर्नुपर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दाम इनाम र प्रतिष्ठा कमाउने बेला छ । घरमा अतिथिको आगमन हुने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । लामो दुरिको यात्रा रहन सक्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वस्त्र, आभुषणको व्यापार व्यवसयाबाट प्रसस्त लाभ मिल्नेछ । प्रेमसम्बन्ध सफल रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ विजनेशको प्लान बन्ने छ । आफन्तसँग भेटघाट हुनेछ तर यातायात वा वाहनमा खर्च बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक कारोबारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला । दिन सामान्य छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाईनेछ । दिन राम्रो छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लाभहानी, आयव्यय , सुख दुःख बराबरी मध्यम खालको दिन छ । तिर्थयात्राको योग बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । दिन राम्रो छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
छोटो दुरिको लाभ दायक यात्रा रहला । विशिष्ठ व्यक्तिको साथ पाइने देखिन्छ ।