धरान । धरानको धनकुटे रोडको खाल्डाखुल्डी मर्मतका लागि उपभोक्ता समिति र अनुगमन समिति गठन गरिएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने मुख्य मार्गका रूपमा चिनिएको धनकुटे रोडमा भएको खाल्डाखुल्डी मर्मत गर्न उपभोक्ता समिति गठन गरिएको हो ।
नगर प्रमुख तिलक राईको प्रमुख उपस्थितिमा आइतबार बसेको बैठकले सडक मर्मत गर्नका लागि सूर्यकुमार लिम्बूको अध्यक्षतामा समिति गठन भएको हो ।
समितिको सचिवमा कुन्दन तामाङ र कोषाध्यक्षमा उमा राजभण्डारी साथै सदस्यहरूमा सुनिल खड्का, नवराज श्रेष्ठ, रवि लिम्बू, भावना सुब्बा, नमिता राई र टीका लिम्बू छन् ।
त्यस्तै सडक मर्मतको अवस्थालाई अवलोकन गर्नका लागि अनुगमन समिति गठन गरिएको छ । समितिको संयोजकमा धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई रहेका छन् । समितिका सदस्यहरूमा निर्मल राई, पूर्णबहादुर गुरुङ, हर्क साम्पाङ र रेणुका राई रहेका छन् ।
सडक बिग्रिरहने भएकाले यसपटक खाल्डाखुल्डी कालोपत्रे गर्न लागिएको छ । धरान उपमहानगरपालिकाका योजना अधिकृत किरण भुजेलले नगरपालिकाको सडक मर्मत कोषबाट धनकुटे रोडको खाल्डाखुल्डी कालोपत्रे गरिने बताए ।