वराहक्षेत्र । नेपाल लाइभ इन्स्योरेन्स कम्पनीले समिक्षा बैठक गरेर अभिकर्ता, नागरिकहरु लाई जिवन बिमा गराउन प्रेरित गर्न तालिम दिएको छ ।
कम्पनीले धरानमा कार्तिक ६ गते कार्यक्रमको आयोजना गरी प्रदेश भरीका शाखा प्रबन्धकहरुसँग कम्पनीको व्यवसायिक समिक्षा र रणनिति विषयमा संवाद गरेको छ , भने करिब हजार बढि अभिकर्तालाई तालिम दिएको छ ।
कम्पनीले विगत ३ महिनाको व्यवसायिक प्रगती र आगामी दिनमा बिमामा जन सहभागिता बढाउन तय गरिने रणनितिको सम्बन्धमा अभिकर्ताहरुसँग अन्तरक्रिया गरिएको प्रदेश नं १ प्रमुख टिकादत्त प्याकुरेलले बताए ।
समिक्षमा कम्पनीले आउँने ६ महिनामा कम्पनीको बजार लक्ष्य २८ वाट बढाएर ३२ प्रतिशत पुर्याउने रणनिति बनाइएको प्रदेश प्रमुख प्याकुरेलले बताए । उनले बिमाकर्तालाई बिमा वापतको दाबी रकम छिटो छरितो उपलब्ध गराउन कम्पनीको नेतृत्वमा अन्य बिमा कम्पनीहरुसँग छलफल गरी क्रियाविधि बनाइने बताए ।
लाइफ इन्स्योरेन्सले धरानमा कार्तिक ५ गते १ सय पचास, ७ गते ७ गते दमक, उर्लाबारी, पथरी, लेटाङ्ग र ८ गते काँकड्भिट्टा, धुलावारी, विर्तामोड, चन्द्रगढी र सुरुङ्गामा ६ सय बढिलाई तालिम दिएको थियो ।
उनीहरुलाई व्यवसायिक र दक्ष बनाउँने तथा सेवा सुविधाको सम्बन्धमा, कम्पनीको मुख्य कार्यकारी प्रमुख सन्तोष प्रसाई, उप कार्यकारी शुसिल कुमार चौधरी र प्रदेश नं १ प्रमुख टिकादत्त प्याकुरेलले सहजीकरण गरेका थिए ।