मोरङको लेटाङमा मोटरसाईकलको ठक्करबाट पैदल यात्री महिलाकाे मृत्यु भएकाे छ ।
नगरपालिकाकाे ९ नम्बर वडामा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाईकलले आज बिहान साँढे ९ बजे स्थानीय ५० बर्षीया अम्बिका ढकाललाई ठक्कर दिएकाे थियाे ।
माेटरसाइकलकाे ठक्करबाट गम्भिर घाइते भएकी ढकालकाे उपचारको क्रममा बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।