धरान । बाढीले क्षतिग्रस्त बनेको धरान–५ स्थित सेहरा खोलाको मुहानको निरीक्षण गरिएको छ ।

नगर प्रमुख तिलक राईको नेतृत्वमा प्राविधिकसहितको टोलीले अनुगमन गरेको हो । उक्त खोलाबाट धरान–१५ बगरकोटका करिब एक हजार घरधुरीले खानेपानी उपभोग गर्दै आएका थिए । धरान–५ र ६ नम्बरको सिमाना भएर बग्ने सेहरा खोलाको निरीक्षण गरिएको हो ।

बगरकोटवासीले उपभोग गर्दै आएको खानेपानीको पाइपलाइन बगाएपछि खानेपानी अवरुद्ध हुन पुगेको थियो । निरीक्षणपश्चात् प्रमुख राईले खानेपानीको पाइपलाइन तत्काल विस्तार गरी समस्या समाधानमा पहल गर्ने बताए ।

यस्तै खोलाको बाढीले धरान–५ स्थित खैरेनीमा एक घर बगाएको छ भने धान खेत पनि कटान गरेको छ । उपमहानगरका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले उक्त स्थानमा अन्दाजी ५ सयदेखि ७ सय मिटर च्यानलिङ गरेर थप क्षति हुनबाट जोगाउने बताए । यता धरानका खोलाहरूमा आएको बाढीबाट क्षतिग्रस्त क्षेत्रको नगरपालिकाका प्रमुख र उपप्रमुखले अवलोकन गरेका थिए ।

धरान–११, १६, ८, ५, १ र १५ नम्बर वडाका विभिन्न क्षेत्रमा बाढीले क्षति पु¥याएको थियो । नगरका प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी, इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर, सशस्त्र प्रहरीका डिएसपी कृष्णकुमार श्रेष्ठ र इञ्जिनियरसहितको टोलीले अवलोकन गरेको थियो ।

pani-muhan

pani-pipe