शुक्रबार राती पौने ८ बजे  कालाबञ्जर देखि चक्रघटी तर्फ जाँदैगरेको अन टेस्ट कार  बराहक्षेत्र नगरपालिका ३ बाङ्गे स्थित भित्री सडक   अनियन्त्रित भई पल्टँदा  कार चालक बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० वर्षीय कृष्ण प्रसाद दाहालको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार कार  सडकको दाहिने तर्फ रहेको पैनीमा पल्टिँदा  गम्भीर घाइते भएका दाहालको तत्काल स्थानीय नगर अस्पताल चक्रघटीमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको हो । घटनास्थलमा अस्थाइ प्रहरी पोस्ट बाङगेबाट प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै, गयराती  ११ बजे  कोशी गाउँपालिका ८ भाण्टाबारी चोकमा  पूर्व(पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको अन टेस्ट  स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक  झापा दमक नगरपालिका १ की २६ बर्सिया सासा लिम्बूको मृत्यु भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार  दुर्घटनामा गम्भीर घाइते भएकी लिम्बुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान सवा ३ बजे मृत्यु भएको हो । सो दुर्घटनामा स्कुटर पछाडि सवार रहेकी झापा बुद्दशान्ति गाउँपालिका १ की २७ बर्सिया रेनु गुरुङको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।