धनकुटा । धनकुटाको पाख्रिबास २ बुधबारेका एक वृद्धको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६७ वर्षिय डम्बरबहादुर अधिकारी रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान घाँस काट्ने क्रममा अरिङ्गालको गोलामा छुँदा दर्जनौ अरिङ्गालले टोकेपछि अधिकारी बेहोस भएका थिए ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो ।
त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि नोवेल मेडिकल कलेज विराटनगरमा रेफर गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिपककुमार रायले जानकारी दिएका छन् ।