अविरल वर्षाका कारण डुबानमा परेको दुहबीस्थिति १३२ केभी सबस्टेशन ३८ घण्टापछि पुनः सञ्चालनमा आएको छ । मङ्गलबार रातिदेखि बन्द भएको दुहबी सबस्टेशन पानी फालेर आज बिहानदेखि सञ्चालनमा ल्याइएको हो ।

प्रदेश नं १ का जिल्लामा विद्युत् आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेशन डुबानमा परेपछि  मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत् आपूर्ति बन्द भएको सबस्टेशन सञ्चालनमा आएसँगै अहिले अधिकांश ठाउँको विद्युत् आपूर्ति सुरु भइसकेको छ ।

उपकरणमा ठूलो क्षति नपुगेकाले आवश्यक सुरक्षात्मक उपाय अपनाएर सबस्टेसन चार्ज गर्न सफल भएको प्राधिकरण दुहबी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले जानकारी दिए । सबस्टेशनमा रहेका चारवटा पावर ट्रान्सफर्मरको क्षमता २१९ एमभिए छ ।