धरान १३ स्थित  फुस्रे चोकमा किराना पसलमा आगलागी हुँदा अन्दाजी १ लाख बराबारको क्षति भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताएका छन् ।  आज बिहान करिव साढे १० बजे उत्तम श्रेष्ठको घरमा आगलागी भएको थियो ।

पसल समेत रहेको श्रेष्ठको घरमा  आगलागीका कारण  पसलका सामानहरू जलेको डिएसपी कुँवरले बताएका छन् । 

उनका अनुसार किराना पसल सञ्चालन गरेका श्रेष्ठले पुलमा पेट्रोल समेत बिक्री गर्ने गरेका थिए । ग्यालनमा रहेको स्टक पेट्रोल बिक्रीका लागी सार्ने क्रममा किचनको आगो सल्किएर आगलागी भएको प्रारम्भिक जानकारी आएको डिएसपी कुँवरले बताएका छन् ।

आगलागी प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीयवासी र दमकलको सहयताले समयमै नियन्त्रणमा लिइएकोले ठुलो क्षति हुन नपाएको कुँवरले बताएका छन् ।