अबिरल बर्षा संगै आएको बाढिपहिरोका कारण पाँचथरमा २८ जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता भएका छन् ।

जिल्लाको मिक्लाजुङ गाँउपालीकामा मात्र जिल्ला प्रहरी कार्यालय पाँचथरका पहिरो तथा खोलेले बगाउदा २१ जनाको मृत्यु भएको गाँउपालीका अध्यक्ष अमर माखिमले जानकारी दिए । गाँउपालीका अध्यक्ष माखिमका अनुसार  अझै ३ जना बेपत्ता छन्।

मिक्लाजुङ–५ मा १५ जनाको मृत्यु २ बेपत्ता, वार्ड न. १ मा २, वार्ड २ मा २ जना, ४ मा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । यस्तै ७ मा २ जनाको मृत्यु भएको बताइएको छ । मिक्लाजुङ–५ को कुरुम्बामा एकैठाँउ ११ जनाको मृत्यु भएको छ ।

सदरमुकामस्थित फिदिम–४ मा दुई जना, फाल्गुनन्द गाँउपालीकामा–३ जना र कुम्मायकमा पहिरोले पुरीएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता, प्रहरी निरिक्षक डम्बर बिश्वकर्माले बताए ।

बाढिपहिरोका कारण जिल्लामा दर्जनौ परिवार विश्थापित भएका छन् । मेची राजमार्ग र जिल्लाका ग्रामीण सडक क्षतिग्रस्त बनेका छन् । टेलिफोन सेवा अवरुद्ध हुदाँ थप समस्या भएको छ ।