विराटनगर । विजयी दशमीको अवसर पारेर विराटनगरमा नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ ।

मिल्स भेट्रान विराटनगरको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्सलाई फराकिलो १०–० गोलले हराउँदै युनाइटेड भेट्रान क्बल क्वारटफाइनलमा प्रवेश गरेको छ । युनाइटेडका निरान्जन बस्नेतले ६, रमेश श्रेष्ठले ३ र मनिष न्यौपानेले एक गोल गरि टिमको जित सुनिश्चित गरेका थिए । खेलको पहिलो हाफमा ४–० गोलले युनाइटेडले अग्रता लिएको थियो । दोस्रो हाफपछि चार गोल गरि युनाइटेकले जित निकालेको हो । 

खेलको म्यान अफ द म्याच ६ गोल गर्ने युनाइटेडका निरान्जन घोषित भए । प्रतियोगिताको शुक्रबार दुई वटा खेल हुने अध्यक्ष इन्द्रराज थापाले जानकारी दिए । पहिलो खेल विहान ७ बजेदेखि मर्निङ्ग फुटबल क्लब र तालिम केन्द्र बिच हुनेछ । 

सोही दिन दिउँसो साढे २ बजे टिडब्लुवाइसि र विराटबुद्ध फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विराटनगरभरीका १० वटा टिमको सहभागि रहेको छ । असोज २८ गते प्रतियोगिता फाइनल हुनेछ । बिजेताले २५ केजीको खसी पाउनेछन् । उपबिजेताले १५ केजीको खसी रहेको छ । 

प्रतियोगिताको उद्घाटन विराटनगर १५ का वडाअध्यक्ष असलम आमले गरेको थिए । उनले खेलकुद क्षेत्रका विकास स्थानिय तह लागि परेको बताए । उनले खेलकुद क्षेत्रको विकास गरेमात्र खेलाडीहरू व्यवसायिक बन्ने भएकोले वडा र महानगरपालिका खेलकुद क्षेत्रको विकासमा लागि परेको बताए ।