धरान । सुनसरीको इटहरी उपमहानगरपालिका १६ लायन्स चोकमा ट्रकको ठक्करबाट दुईजनाको ज्यान गएको छ । 

ना ६ ख ५६८१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको हो । मृत्यु हुनेमा इनरुवा नगरपालिका–२ का २५ वर्षीय सुशान्त भट्टराई र संखुवासभा चिचिला गाउँपालिका–२ का २० वर्षीय बिबिसन विक रहेको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट दुवैजना गम्भीर घाइते बनेका थिए । दुवैलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकका चालक मनहरी नगरपालिका–९ का ३१ वर्षीय अर्जुन गिरीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।