धरान । धनकुटाको पाख्रिवासमा बुधबार बिहान गुडिरहेको बसबाट सहचालक खस्दा सोही गाडीले किचेर सहचालकको मृत्यु भएको छ ।
बसको ढोकाबाट खसेका भोजपुर नगरपालिका ११ आम्चोकका १८ वर्षीय धनबहादुर पाठकको निधन भएको हो । गम्भीर घाइते बनेका उनी उपचारको क्रममा निधन भएको थियो । बा २ ख ५८४० नम्बरको यात्रुबाहक बसमा सहचालकको रुपमा रहेका उनको गुडिरहेको समयमा खसेका थिए । बसले बिहान करिब १० बजेतिर किचेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।