श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल असोज १२ गते मंगलबार, २८ सेप्टेम्बर २०२१ । राक्षस संवत्सर असोज कृृष्णपक्षको सप्तमी  तिथि १८ः३६ बजे सम्म, उप्रान्त अष्टमी नक्षत्र  मृगशिरा २१ः०० बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः५५ र सूर्यास्त ५ः५३ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रेमसम्बन्धमा सफलता पाउने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नसोचेको स्थान बाट धनागमन हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आज दाम, इनाम र  प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । दिन राम्रो रहेको छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ शिक्षा र ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउला । दिन राम्रो छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

लाभहानी, सुखदुख बराबरी मध्यम खालको दिन छ । नयाँ कारोबार नगर्दा राम्रो होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कुनै कुराले मनमा शन्ति छाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा उल्झन पर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज रमणीय र सुखद यात्राको योग छ । समाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला ।